नियम ३१
अनुत्पादक पशुधनको क्षतिपूर्ति दाबी
: नियम २६ बमोजिम पशुधन अनुत्पादक प्रमाणित भएको मितिले सात दिनभित्र सुरक्षणकर्ताले देहायका कागजातहरु संलग्न गरी सदस्य संस्था मार्फत कोषसमक्ष अनुसूची-९ बमोजिमको ढाँचामा क्षतिपूर्ति दाबी गर्नु पर्नेछ :-
(क) सुरक्षणकर्ताले सुरक्षित पशुधन अनुत्पादक भएको व्यहोरा पशु सेवा कार्यालय वा सो सम्बन्धी कार्य गर्ने कार्यालयको प्राविधिक वा प्रचलित कानून बमोजिम कम्तीमा "घ" श्रेणीको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रुपमा दर्ता भएका व्यक्तिमध्येबाट कोषले तोकेको प्राविधिकलाई सूचना गरेको पत्रको प्रतिलिपी,
(ख) पशुधन सुरक्षण लेखको सक्कल प्रति,
(ग) नियम २६ बमोजिम जारी भएको सुरक्षित पशुधन अनुत्पादक भएको प्रमाणपत्र ।